NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २५ गते

प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद् बैठक

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजेका लागि मन्त्रीपरिषद् बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक विषयहरूमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनस्थापनाको कार्यलाई थप प्रभावकारी बनाउने सम्बन्धमा आवश्यक निर्णय लिन बैठक आह्वान गरिएको हो।