सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ३ हजार ४०० रुपैयाँले बढेर३ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय ५ रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको छ। बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया