नेपाल भलिबल लिग : आज काठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै
काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग(एनभिएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजबीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ६:०० बजे खेल हुनेछ ।
एनभिएलमा काठमाडौँ र कर्णाली दुवै जित्ने दाउमा छन्। लिग चरणमा पाँच–पाँच खेल खेलेका दुवै टोलीले चार खेलमा जित र एक खेलमा हार व्यहोरेका छन् । लिग चरणमा काठमाडौँले कर्णालीलाई ३–२ सेटले पराजित गरेको थियो । काठमाडौँ सोही नतिजालाई निरन्तरता दिँदै फाइनलमा पुग्ने लक्ष्यमा छ भने कर्णाली लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ ।
आजको खेल जित्नेले उपाधिका लागि शनिबार अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ । अंक तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण बिहीबार नै फाइनलमा पुगिसकेको छ ।
ताजा अपडेट
-
भोटेकोशी बाढीपिडितलाई यशोदा फुड्स र श्रीराम टोबाकोको सहयोग
-
सुनचाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
-
रसुवा बाढी: भग्नावशेष पन्छाउँदै चिलिमे सुरुङ नजिकै पुग्यो उद्धार टोली
-
सशस्त्र प्रहरीमा ६ सय ६६ जना कर्मचारी माग, कक्षा ८ पास गरेकाले पनि आवेदन दिन पाउने
-
सोलुखुम्बुमा पहिरोका कारण हुङ्गा खोला थुनियो, सतर्क रहन आग्रह


प्रतिक्रिया