पहिरोले रोक्यो सडक, वैकल्पिक रुटबाट पाँच दिनमै काठमाडौँ भित्रिए सवा २ लाख ग्यास सिलिण्डर
काठमाडौँ । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।
पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक बाटोबाट काठमाडौँ ल्याएर बिक्री गरिएको हो ।
निगमका अनुसार सोमबार ४८ हजार १०९, मंगलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र शुक्रबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएको छ ।
मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो ।
पृथ्वी राजमार्ग नियमित सञ्चालनमा नआएसम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ ।
ताजा अपडेट
-
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
-
पहिरोले रोक्यो सडक, वैकल्पिक रुटबाट पाँच दिनमै काठमाडौँ भित्रिए सवा २ लाख ग्यास सिलिण्डर
-
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
-
तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
-
भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने


प्रतिक्रिया