NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३० गते

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

निगमका अनुसार भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको छ।

अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्यमा उतारचढाव भइरहेको छ। तर, भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीबाट उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले उपभोक्तालाई थप भार नपार्ने गरी साविककै खुद्रा मूल्य कायम राख्ने निर्णय गरेको हो।

निगमको यो निर्णय २०८३ भदौ ३१ गते (१६ सेप्टेम्बर २०२६) देखि लागू भएको छ।

खरिद मूल्य बढे पनि बिक्री मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने अनुमान गरिएको छ।

नयाँ निर्णयअनुसार काठमाडौँ, पोखरा, दिपायललगायत क्षेत्रमा पेट्रोल र डिजेल प्रतिलिटर २०० रुपैयाँमै बिक्री हुनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष