NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ४ गते

बाढीपहिरोमा मृत्यु हुनेको संख्या १ हजार ४११ पुग्यो, ५ हजार ८७५ अझै बेपत्ता

काठमाडौँ । रसुवासहित विभिन्न जिल्लामा आएको बाढी तथा पहिरोबाट हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए)ले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मानवीय क्षति र उद्धारको पछिल्लो तथ्यांक सार्वजनिक गरेको हो।

प्राधिकरणका अनुसार फेला परेका मृतकमध्ये ५४९ जना पुरुष र ३३६ जना महिला छन्। बाढी तथा पहिरोका कारण ५२६ वटा आंशिक मानव अंगसमेत फेला परेको प्राधिकरणले जनाएको छ। अझै ५ हजार ८७५ जना बेपत्ता रहेको विवरणमा उल्लेख छ।

सबैभन्दा ठूलो मानवीय क्षति चितवनमा भएको छ। चितवनमा मात्रै ३६४ जनाको मृत्यु भएको पुष्टि भएको छ। यस्तै, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ र तनहुँमा ३८ जनाको मृत्यु भएको छ।

विपद्पछि सञ्चालन गरिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ७८४ जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

उद्धार तथा राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलगायत सुरक्षा निकाय परिचालन भएका छन्। नेपाली सेनाले हालसम्म १ हजार ६९२ वटा हवाई उडानमार्फत उद्धार तथा राहत कार्यमा सहयोग गरेको छ भने सशस्त्र प्रहरी बलले ३२० वटा हवाई उडान गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

प्रभावित जिल्लामा बेपत्ताको खोजी, मृतकको पहिचान तथा उद्धार कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइएको छ। प्राधिकरणले विपद्बाट भएको क्षतिको विवरण संकलन तथा अद्यावधिक गर्ने क्रम जारी रहेको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष