NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ४ गते

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार घरायसी विवादका क्रममा ५८ वर्षीय गन्दु राम राईले आफ्नी ४५ वर्षीया श्रीमती बिमला राईको गर्दनमा सिकल प्रहार गरेका थिए। गम्भीर घाइते बिमलाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना असोज ३ गते राति करिब १२ः३० बजे भएको हो। घटनापछि गन्दु आफैँ अस्थायी प्रहरी पोस्ट माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारमा राखेको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी हवल्दारको कमान्डमा दुई सदस्यीय टोली घटनास्थल पुगेको थियो। घाइते बिमलालाई तत्काल नगर अस्पताल बेल्टार लगिएकोमा राति १ः१५ बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा घटनाका बेला गन्दुले मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष