NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ५ गते

घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार (असोज ५) सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ ।

आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य १ हजार ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।योसँगै सोमबार छापावाल सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ ।

आइतबार २ हजार १०० रुपैयाँ बढेर सुनको मूल्य ३ लाख ५ हजार २०० रुपैयाँ थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर ४ हजार ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य २० रुपैयाँले बढेर ४ हजार ७९५ रुपैयाँ थियो ।