परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता
न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्यूयोर्कमा आज भएको भेटवार्तामा दुई मन्त्रीबीच नेपाल–भारत सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको हो ।
भेटका क्रममा मन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले देखाएको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति आभार व्यक्त गरे ।
दुवै मन्त्रीले नेपाल र भारतबीचको निकट तथा लामो समयदेखिको सम्बन्धलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै पारस्परिक हितका विभिन्न विषयमा विचार आदानप्रदान गरेका छन् ।
ताजा अपडेट
-
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
-
अन्नपूर्णमा घरमा प्रसूति हुनेको सङ्ख्या शून्य
-
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
-
सिद्धबाबा सुरुङमार्ग: आगामी मंसिरभित्रै गाडी गुडाउने तयारी
-
नेपालका बाढी प्रभावितका लागि थप ३१ मिलियन डलर सहयोग गर्ने अमेरिकी घोषणा


प्रतिक्रिया