सुन–चाँदीको भाउ बढ्यो, यस्तो छ कारोबार मूल्य
काठमाडौं। सुन तथा चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ८ सय १५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।
ताजा अपडेट
-
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
-
विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको आवाजलाई केन्द्रमा राख्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
-
सुन–चाँदीको भाउ बढ्यो, यस्तो छ कारोबार मूल्य
-
राष्ट्रसंघ महासभामा नेपालको जलवायु संकटको आवाज प्रखर रूपमा उठाउनुपर्छः उपसभापति शर्मा
-
इरानसँग सम्झौता नभए ध्वस्त पार्ने ट्रम्पको चेतावनी


प्रतिक्रिया