NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ८ गते

पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ – पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक, पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका सूचना अधिकारी सुरज घिमिरेले एक सूचना जारी गर्दै यही असोज ८ देखि १२ गतेसम्म मुलुकका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने सूचना जल तथा मौसम विभागले जारी गरेको उल्लेख गर्दै पदयात्रीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन्।

भारी वर्षाका कारण भू–क्षय, बाढी तथा पहिरोको जोखिम बढ्नाका साथै हिमाली भू–भागमा हिमपात हुन सक्ने पूर्वानुमान गरिएकाले विशेष ख्याल राख्न विभागले सचेत गराएको छ।

मौसम प्रणालीको प्रभाव विशेषगरी पदयात्रा तथा हिमाल आरोहणमा पर्नसक्ने सम्भावना रहेकाले पर्वतारोही, पदयात्री तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको हो।

विभागले सो अवधिमा सम्भव भएसम्म यात्रा नगर्न/नगराउन तथा यात्रा गर्नैपर्ने अवस्था भए सुरक्षित तवरले आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष