कृष्णभिर नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी
काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
धादिङ प्रहरीले दिएको जानकारीअनुसार शुक्रबार बिहान कृष्णभिरभन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सडकको एकतर्फी लेनबाट मात्रै सवारीसाधन सञ्चालन भइरहेका छन्।
यसैगरी बेनीघाट रोराङ गाउँपालिका–९ को ज्यामिरेमा समेत पहिरो खसेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अझै वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको जनाइएको छ।
यसअघि भदौ १० र १४ गते भोटेकोशी तथा त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिर क्षेत्रमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो।
कृष्णभिरमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो। तर, पछिल्लो पहिरोका कारण सोही क्षेत्रमा पुनः सडक प्रभावित भएको हो।
ताजा अपडेट
-
महासभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री बालेन
-
अमेरिकामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भव्य स्वागत
-
परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता
-
कृष्णभिर नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी
-
पदयात्रामा जाने पर्यटकलाई सतर्कता अपनाउन विभागको आग्रह


प्रतिक्रिया