NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज ८ गते

अमेरिकामा चिनियाँ राष्ट्रपति सी जिनपिङको भव्य स्वागत

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङको अमेरिकाको तीनदिने भ्रमणका क्रममा विशेष स्वागत गरेका छन् ।

सी जिनपिङ र उनकी पत्नी पेङ लियुआनलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प ज्वाइन्ट बेस एन्ड्र्युजको रनवेमा पुगेका थिए । उनीहरूको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो ।

बीबीसीका ह्वाइट हाउस संवाददाताका अनुसार सन् १९६२ पछि पहिलोपटक कुनै अमेरिकी राष्ट्रपतिले यही एयरबेसमा विदेशी राष्ट्रप्रमुखलाई व्यक्तिगत रूपमा स्वागत गरेका हुन् ।

यसलाई ट्रम्पले सीको भ्रमणलाई दिएको उच्च प्राथमिकताको संकेतका रूपमा हेरिएको छ ।

विमानबाट ओर्लिएपछि ट्रम्प र सीले हात मिलाएका थिए । दुवै नेतासँग उनीहरूका पत्नी पनि उपस्थित थिए । सीको स्वागतका क्रममा अमेरिकी वायुसेनाका दुई बी–१ बमवर्षक विमानले आकाशमा उडान भरेका थिए ।

त्यस अवसरमा अमेरिकी वायुसेनाको ब्यान्डले अमेरिका र चीन दुवै देशका राष्ट्रगान बजाएको थियो भने दुवै देशका झण्डा फहराइएको थियो । स्वागत समारोहपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन डीसीतर्फ प्रस्थान गरेका थिए ।

यसैबीच, अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले अमेरिका र चीनबीच जारी व्यापार युद्धविरामलाई नोभेम्बरमा समाप्त हुने समयसीमाबाट बढाएर जनवरी १० सम्म कायम राख्न सहमति भएको बताएका छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष