सुनको मूल्यमा गिरावट, तोलामा ३ लाखभन्दा कममा कारोबार
काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो ।
आज सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६५० रुपैयाँमा झरेको छ ।


प्रतिक्रिया