‘यो दसैँमा सरापबाट मलाई बचाइदिनुपर्यो सरकार’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी कर्मचारीको सरुवा र बढुवामा हुने भनसुन तथा पहुँचको अभ्यासप्रति प्रश्न उठाएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा आचार्यले राजनीतिमा प्रवेश गरेपछि आफूले सबैभन्दा बढी दबाब सरुवा र बढुवाकै विषयमा सामना गर्नुपरेको अनुभव सुनाए।
सुशासन र पारदर्शिताको पक्षमा बोल्नेहरूबाटै व्यक्तिगत स्वार्थका लागि आफूलाई दबाब आउने गरेको उनको भनाइ थियो।
‘राजनीतिमा आएपछि मैले सबैभन्दा बढी झेलेको समस्या नै सरुवा र बढुवाको हो,’ आचार्यले भने, ‘सुशासनको कुरा गर्नेहरूसमेत मेरो घरमा नातावाद र कृपावाद खोज्दै आउनुहुन्छ।’
उनले विधि र पद्धतिभन्दा बाहिर गएर यस्ता आग्रह पूरा गर्न आफूले अस्वीकार गर्दै आएको बताए। सरुवा र बढुवामा राजनीतिक तथा व्यक्तिगत दबाब रोक्न स्पष्ट मापदण्डसहितको संयन्त्र आवश्यक रहेको उनको भनाइ थियो।
यसका लागि सरकारले स्वायत्त सरुवा बोर्ड गठन गर्नुपर्ने आचार्यले बताए। उनले रास्वपाको वाचापत्रमा पनि स्वायत्त सरुवा बोर्ड गठन गर्ने प्रतिबद्धता उल्लेख रहेको स्मरण गराए।
‘हाम्रो वाचापत्रको बुँदा नम्बर ८ मा स्वायत्त सरुवा बोर्ड गठन गर्ने उल्लेख छ, जसले निश्चित विधि र पूर्वानुमानका आधारमा काम गर्छ,’ उनले भने, ‘सरकारले यो बोर्ड जतिसक्दो चाँडो गठन गर्नुपर्छ।’
सरुवा र बढुवालाई निश्चित विधि, मापदण्ड र पूर्वानुमानका आधारमा सञ्चालन गर्न सके प्रशासनिक क्षेत्रमा राजनीतिक तथा व्यक्तिगत हस्तक्षेप घटाउन सकिने उनले बताए।
उनले आगामी दसैँमा आफन्तबाट टीका र आशीर्वादभन्दा पनि काम गरिदिन नसकेको भन्दै गाली खानुपर्ने अवस्था आउन सक्ने बताए ।
उनले भने, ‘यदि यो व्यवस्था नभए आउँदो दसैँमा आफ्नै इष्टमित्रबाट टीका र आशीर्वाद पाउनु त कता हो कता, काम भएन भनेर सराप पो पाइन्छ कि भन्ने डर छ। यो सरापबाट मलाई बचाइदिनुपर्यो सरकार ।’
सरकारी कर्मचारीको सरुवा तथा बढुवामा हुने भनसुन र पहुँचको अभ्यास अन्त्य गर्न स्वायत्त तथा नियममा आधारित प्रणाली आवश्यक रहेको आचार्यको जोड थियो।
ताजा अपडेट
-
hello world
-
वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह
-
सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने
-
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
-
पृथ्वी राजमार्गमा राति सवारी आवागमनमा धादिङ प्रशासनले लगायो रोक
-
ताप्लेजुङको मेरिङदेनमा भीषण आगलागी, १० घर जलेर नष्ट


प्रतिक्रिया