एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो
काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
नेपालका लागि सन्दीप जोराले ३४ रन बनाए भने रोहित पौडेल ३३ रनमा अविजित रहे। दीपेन्द्र सिंह ऐरीले १५ रनको योगदान दिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। उसका लागि फैसल खान अहमदजाइ र नाजिबुल्लाह जाद्रनले समान ३० रन बनाए। नान्गेलिया खान १७ रनमा अविजित रहे।
नेपालका बलरमध्ये कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।
समूह ‘ए’ मा रहेको नेपालको प्रतियोगितामा यो पहिलो खेल हो। अफगानिस्तानले भने आफ्नो दोस्रो खेल खेलेको हो। उसले पहिलो खेलमा जापानलाई ४८ रनले पराजित गरेको थियो।
पुरुष क्रिकेटमा १० टोली सहभागी छन्। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन्। समूह ‘बी’ मा मलेसिया, हङकङ र ओमान रहेका छन्।
ताजा अपडेट
-
hello world
-
Casino Online Non Certificati AAMS: Le Opzioni Migliori per Italiani che Giocano nel 2024
-
Grasping the Technical Foundation Supporting Modern Online Bingo Gaming Systems
-
एसियन गेम्स क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो
-
काठमाडौँ जोड्ने राजमार्ग बन्द: रोकिए सार्वजनिक बस
-
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले शाहले के भने? (पूर्णपाठ)


प्रतिक्रिया