गोठमा सुतिरहेको अवस्थामा वर्षासँगै आएको ढुंगाले लाग्दा एक जनाको मृत्यु
डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–०७ रावलबाडाका दुई जना गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन् ।
शुक्रबार राति करिब ९:४५ बजे बगर हरेलखोलास्थित गाईगोठमा सुतिरहेका ३३ वर्षीय मनरुप केसीको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको हो।
उनीसँगै सुतिरहेका ३८ वर्षीय चन्द्ररुप केसीको ढाडमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थल अनुसन्धान टोलीसहितको प्रहरी टोली खटिएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
ताजा अपडेट
-
१३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
-
अधिकांश जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन , यसरी चुनिन्छन् नेतृत्व र प्रतिनिधि
-
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
-
नारायणी नदीमा बहाव बढ्दा सुस्ताको थारुटोलामा डुबान, २५ जनाको उद्धार
-
गण्डकीमा आज पर्ने छ ‘भारी’देखि ‘अति भारी’ वर्षा, सोमबारदेखि खुल्ने छ मौसम


प्रतिक्रिया