एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को माहोल प्रतियोगिता सुरु हुनुअघि नै उत्सवमय बनाउन एक्सट्रीम इनर्जी ड्रिङ्कले विशेष activation सुरु गरेको छ। सिजन ३ मा सहभागी ८ टोलीमध्ये ७ टोलीको प्रायोजक रहेको एक्सट्रीमले TU अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुर बाहिर ७ टोलीलाई समर्पित ७ वटा गेट तयार गरेको हो।
एनपीएलका खेलहरू हुने मुख्य स्थल बाहिरै समर्थकलाई टोलीको उत्साहसँग जोड्ने उद्देश्यले तयार गरिएका यी गेटहरूमा सम्बन्धित टोलीको पहिचान र एक्सट्रीमको ब्रान्डिङलाई प्रस्तुत गरिएको छ। एनपीएल सुरु हुनुअघि नै यस स्तरको activation सुरु गर्ने पहिलो ब्रान्ड एक्सट्रीम रहेको कम्पनीले जनाएको छ।
एक्सट्रीमले काठमाडौं गोर्खाज, विराटनगर किङ्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्ससँग प्रायोजन साझेदारी गरेको छ।
यससँगै एक्सट्रीमले पोल ब्यानर, होर्डिङ, गेट ब्रान्डिङ तथा टेलिभिजन विज्ञापनमार्फत एनपीएलको उत्साहलाई थप व्यापक बनाउँदै लगेको छ। एनपीएल सिजन ३ कार्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।
ताजा अपडेट
-
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा परिवारको जिम्मा
-
बाढी र पहिरोका कारण एक हजार ३०३ मेगावाट बिजुली अवरुद्ध
-
नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने
-
भारी वर्षाको सम्भावनापछि तीन संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम
-
एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट


प्रतिक्रिया