NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १२ गते

सुनको मूल्य एकैदिन तोलामा भारी गिरावट, चाँदी पनि सस्तियो

काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्य एकैदिन तोलामा ५ हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ३०० रुपैयाँ थियो। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले घटेको हो।

त्यस्तै, १० ग्राम छापावाल सुनको मूल्य सोमबार २ लाख ५२ हजार ३१५ रुपैयाँ कायम भएको छ। आइतबार १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ६०० रुपैयाँ थियो। यसअनुसार १० ग्राममा सुनको मूल्य ४ हजार २८५ रुपैयाँले घटेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६५५ रुपैयाँ थियो। यसअनुसार चाँदीको मूल्य प्रतितोला १४५ रुपैयाँले घटेको हो।

यस्तै, १० ग्राम चाँदीको मूल्य सोमबार ३ हजार ८६७ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन १० ग्राम चाँदीको मूल्य ३ हजार ९९० रुपैयाँ ५० पैसा थियो।

यसरी सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।

ताजा अपडेट

नेपालवाच विशेष