दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं। साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ परेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार प्रसाईंमाथि विद्युतीय कारोबार ऐन (साइबर अपराध) अनुसार अनुसन्धान प्रक्रिया अघि बढाउन अदालतबाट तीन दिनको म्याद प्राप्त भएको हो।
साइबर ब्यूरोको टोलीले आइतबार दिउँसो प्रसाईंलाई भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियो।
सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई लक्षित गरी चरित्र हत्या गर्ने, भ्रामक तथा अनर्गल प्रचारप्रसार गर्ने र विद्युतीय माध्यमको दुरुपयोग गरी सामाजिक सद्भाव भड्काउने किसिमका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसअघि पनि विभिन्न विवादित अभिव्यक्ति तथा राज्य संयन्त्रविरुद्धका गैरकानुनी गतिविधिका कारण पक्राउ पर्दै आएका प्रसाईँमाथि थप प्रमाण जुटाउने र सोधपुछ गर्ने कार्य भइरहेको ब्यूरोले जनाएको छ।
ताजा अपडेट
-
अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया
-
दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
-
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
-
कांग्रेसमा ४४ हजार युवाले पाए जिम्मेवारी, एक लाख युवा बने उम्मेदवार
-
अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक–कर्मचारीबाट १६ करोड ५० लाख असुल


प्रतिक्रिया