पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म
बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म दिएकी छन् । बडिगाड गाउँपालिका-३ निवासी २५ वर्षीया सरिता थापालाई प्रसव व्यथाले च्यापेपछि डोकोमा बोकेर स्वास्थ्यचौकी लगिँदै गर्दा बाटोमै सुत्केरी भएकी हुन् ।
बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि आइतबार बिहान उनलाई डाकोमा बेकेर स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुलाई जन्म दिनुभएको महिला स्वास्थ्य स्वयंसेविका तारा थापाले जानकारी दिइन् । मोबाइलमा नेटवर्क र इन्टरनेट नचलेपछि शनिबार राति करिब २ः०० महिला स्वास्थ्य स्वयंसेविका थापालाई परिवारले घरमै पुगेर बोलाए पनि बाटोका कारण आफू त्यहाँ पुग्न नसकेको उनले बताइन् ।
आइतबार बिहानसम्म परिवारले सरितालाई डोकोमा बोकेर सिसाखानी स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै सुत्केरी भएको स्वयंसेविका थापाले जानकारी दिइन् । अहिले आमा र शिशुको अवस्था सामान्य रहेको भन्दै आमा र नवजात शिशुलाई सुरक्षित रूपमा घरमा लगिएको उनको भनाइ छ ।
ताजा अपडेट
-
चोलेन्द्र पक्राउप्रति सर्वोच्चको आपत्ति, कानुनी प्रक्रिया पालना गर्न आग्रह
-
पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म
-
विश्व रेबिज दिवस : रेबिज नियन्त्रणमा जुट्दै नेपाल भेटेरिनरी एशोसिएसन
-
अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया
-
दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


प्रतिक्रिया