NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १५ गते

देशका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लागेको छ । देशका पहाडी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बादल लागेको छ । देशका तराई भूभागको थोरै ठाँउमा हुस्सु लागेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमामा साधारणतया बादल लाग्ने, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्ने तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र बागमती प्रदेशको हिमाली भूभागको थोरै स्थानमा, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । देशको पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ ।

आज राति कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।

देशका तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

ताजा अपडेट

नेपालवाच विशेष