कांग्रेस महाधिवेशन यी आठ ठाउँमा गर्न सकिन्छ सवारीसाधन पार्किङ
काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारबाट काठमाडौँको खुलामञ्चमा सुरु हुँदै छ।
महाधिवेशनको औपचारिक उद्घाटन दिउँसो २ बजे हुनेछ। उद्घाटन समारोहमा आउने सहभागी तथा प्रतिनिधिका लागि सवारीसाधन पार्किङका लागि विभिन्न स्थानमा ब्यवस्थापन मिलाएको छ।
कांग्रेस महाधिवेशन आयोजक समितिअन्तर्गतको यातायात ब्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिका लागि आठ स्थानमा पार्किङको व्यवस्था गरिएको छ।
धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, नेपाल प्रज्ञा–प्रतिष्ठान स्थल र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ।
यसैगरी काठमाडौ उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डल र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौँसँग समन्वय गरिएको स्वाँरले जानकारी दिए। धरहरा अन्डरग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निशुल्क हुनेछ।
कांग्रेसले नेता कार्यकर्तालाई निर्धारित स्थानमा सवारीसाधन पार्किङ गरिदिन आग्रह गरेको छ। आफू सवारीसाधन लिएर आएकै क्षेत्रको तोकिएको पार्किङमा सवारीसाधन ब्यवस्थापन गरेर आउन कांग्रेसले प्रतिनिधि तथा नेताकार्यकर्तालाई आग्रहसमेत गरेको छ। त्यसो हुँदा सवारी आवागमन ब्यवस्थापन गर्न सहज हुने कांग्रेसले जनाएको छ।
ताजा अपडेट
-
स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
जनमत पार्टीको अध्यक्षमा सीके राउत निर्वाचित
-
महाधिवेशनमा गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म
-
कांग्रेस महाधिवेशन यी आठ ठाउँमा गर्न सकिन्छ सवारीसाधन पार्किङ
-
म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका : क्यानमै छ कार, बाइक र स्कुटरको सरप्राइज


प्रतिक्रिया