NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज १९ गते

१० वर्षअघि हराएका बालक फेला, अभिभावकको जिम्मा लगाइयो

काठमाडौँ। १० वर्षअघि घरबाट हराएका सप्तरीका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का ऋषिदेव सदाका छोरा १६ वर्षीय शिवकुमार सदा ६ वर्षको उमेरमा घरबाट हराएका थिए। त्यसयता परिवारले उनको खोजी गर्दै आएको थियो।

खोजतलासका क्रममा शिवकुमार भारतको नयाँ दिल्लीमा रहेको पत्ता लागेपछि नेपाल प्रहरीले त्यहाँस्थित ‘किङ इन्डिया’ संस्थासँग समन्वय गरी उनको उद्धार गरेको हो।

आवश्यक प्रक्रिया पूरा गरेपछि प्रहरीले शिवकुमारलाई उनका अभिभावकको जिम्मा लगाएको जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष