NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २१ गते

बाढी र पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित

काठमाडौं । बाढी र पहिरोका कारण देशभरका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा आएका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। केही सडकखण्डमा यातायात सञ्चालनमा समस्या देखिएको छ भने कतिपय स्थानमा ठूला सवारीसाधनको आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।

बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत नवलपुरको बौदीकाली गाउँपालिका–३, जन्ती पहिरोमा पहिरो खस्दा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

बेँसीसहर–खाङ्सार सडकखण्डसमेत बाढीका कारण अवरुद्ध भएकोमा अहिले एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

प्रहरीका अनुसार बाढी तथा पहिरो प्रभावित सडकखण्डमा तत्काल सडक खुलाउने तथा यातायात सहज बनाउने प्रयास भइरहेको छ। यात्रु तथा सवारीसाधन चालकलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ।

ताजा अपडेट

नेपालवाच विशेष