खेलाडीको एउटै स्वर : गास-बासको सामान्य विषय उठाउँदा प्रशिक्षकले टिमबाटै निकाले
काठमाडौं । फुटबलरहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले गास, बास कपासजस्तो सामान्य विषयमाथि प्रश्न गर्दा नै राष्ट्रिय टोलीबाट हटाउन खोजेकाले विद्रोह गरेको बताएका छन् ।
उनीहरूले आज काठमाडौंको एक होटलमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा विज्ञप्ति वाचन गर्दै गोलकिपर विशाल श्रेष्ठले उपकप्तान रोहित चन्दलाई क्याम्पबाट हटाएको विषयमा कुरा गर्दा प्रशिक्षकले आफूहरूलाई पनि हटाएको बताए ।
रोहितले होस्टेलमा भएको असुविधाबारे प्रश्न उठाउँदा प्रशिक्षक रिसाएर टोलीबाटै हटाएकाले यस्तो समस्या आएको उनले बताए ।
डिफेण्डर अनन्त तामाङले वर्तमान प्रशिक्षक रहेसम्म आफूहरूलाई राष्ट्रिय टोलीमा फर्कने सम्भावना नरहेको बताए ।
प्रशिक्षक अल्मुताइरीले पनि आफूहरूलाई उनी हुन्जेल कहिल्यै राष्ट्रिय टोलीमा नराख्ने बताएको उनले जानकारी दिए ।
खेलाडीहरूले समस्या समाधान गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई आग्रहसमेत गरे ।
उपकस्तान रोहितले खेलाडीको विद्रोह एन्फाको चुनावसँग सम्बन्धित भएको भन्ने आरोपप्रति आपत्ति जनाए ।
अधिकांश खेलाडीले विनाभक्ता पनि देशको लागि खेलेको स्मरण गर्दै आफूहरूले बाध्य भएर विद्रोह गरेको बताए ।
पत्रकार सम्मलेनमा नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामासँगै रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ र सुमन लामालगायत उपस्थित थिए ।
माल्दिभ्समा क्लब फुटबल खेलिरहेका कप्तान किरण चेम्जाङले पनि खेलाडीहरूको विद्रोहमा समर्थन गरेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया