NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २३ गते

उखु किसानलाई एक अर्ब ५० करोड अनुदान रकम वितरण गरिँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले उखु किसानलाई एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरण गर्ने भएको छ ।

उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप उपलब्ध गराइने अनुदान रकम वितरणका लागि कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्बन्धित कार्यविधि स्वीकृत गरेकी छन् ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/८४ मा निकासा भएको एक अर्ब ५० करोड ५० हजार रुपैयाँ अनुदान बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ ।

उखु खेतीमा किसानलाई प्रोत्साहन गर्ने, कृषि उत्पादकत्व वृद्धि गर्ने तथा अनुदान लक्षित किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले सरकारले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ प्रोत्साहन अनुदान उपलब्ध गराउँदै आएको छ ।