नेताकी श्रीमती भएकै कारण कांग्रेसले गृहणीलाई काठमाडौंको उम्मेदवार बनायो : विष्णु रिजाल

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य विष्णु रिजालले कांग्रेसले कुनै योगदान नभएका नेताकी श्रीमतीलाई अगाडि सारेर राजनीतिमा समर्पित सम्पूर्ण महिलाको अपमान गरेको टिप्पणी गरेका छन् ।
रिजालले कांग्रेसको तर्फबाट काठमाडौंमा मेयरका उम्मेदवार सिर्जना सिंहप्रति लक्षित गर्दै शुक्रबार सामाजिक सञ्जालमा कांग्रेसको आलोचना गरेका हुन् । ‘कांग्रेसले काठमाडौँमा ३० बर्षसम्म पार्टीको कुनै कमिटीमा नरहेको, सार्वजनिक जीवनमा एक दिन पनि देखा नपरेको र आफैँ घर सम्हालेर बसेँ भनेर बोलिरहेकी महिलालाई नेताकी श्रीमती भएकै आधारमा अघि सारेर राजनीतिमा समर्पित सम्पूर्ण महिलाहरुको अपमान र अवमूल्यन गरेको छ’, रिजालको फेसबुक स्टाटसमा उल्लेख छ ।
उनले बहुदलीय व्यवस्था स्थापनापछि गणेशमान सिंहले श्रीमती र छोरालाई उम्मेदवार बनाउँदा पटक–पटक काठमाडौँमा पराजय भोगेको दृष्टान्त दिँदै प्रकाशमान सिंहले पनि त्यही बाटो रोजेको आरोप लगाए । रिजालले आफ्नी श्रीमती र छोरालाई हराउँदा काठमाडौँका जनतालाई ‘भेडा’ भन्नुपरेका दिनहरू सम्झिँदा मात्रै पनि उही नियति दोहोरिँदैनथ्यो कि भन्ने प्रश्न उठाएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा आफूलाई सहयोग गरेको भन्दै सभापति देउवाले सिंह पक्षका उम्मेदवारलाई कांठमाडौंमा मेयरको उम्मेदवार बनाएका थिए ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया