डिलरमार्फत ग्यास खरिद गर्न उपभोक्तालाई उद्योगीको आग्रह
काठमाडौँ । उपत्यकामा दशैँलाई लक्षित गर्दै शुरू भएको सबै ब्रान्डका एलपी ग्यासको संयुक्त बिक्री/वितरण बुधवारदेखि बन्द हुने भएको छ ।
नेपाल एलपी ग्यास उद्योग सङ्घले बुधबारसम्म मात्रै संयुक्त रूपमा ग्यास बिक्री तथा सिलिन्डर साटफेर गर्ने जनाएको हो । सङ्घले बिहीवारदेखि पुरानै व्यवस्थाअनुसार नजिकका डिलरमार्फत ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
दैशैँका बेला ग्यास खरिदमा सहजता ल्याउने भन्दै उद्योगीहरूले अस्तिदेखि उपत्यकामा जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर पायक पर्ने बिक्री केन्द्रबाट ग्यास लिन सकिने व्यवस्था गरेका थिए ।
शुरूमा असोज ३१ गतेसम्म संयुक्त रूपमा ग्यास बिक्री/वितरण गर्ने भनिए पनि उद्योगीहरूले त्यसपछि एक दिन घटाएर असोज ३० गतेसम्म कायम गरेका थिए ।
ताजा अपडेट
-
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म: के-के हुँदैछन् नयाँ काम ?
-
विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक प्रस्थान
-
डिलरमार्फत ग्यास खरिद गर्न उपभोक्तालाई उद्योगीको आग्रह
-
दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर
-
कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी


प्रतिक्रिया