NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असोज २८ गते

विमानस्थल आसपास चंगा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन तथा बेलुन उडाउने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज सूचना जारी गर्दै विमानस्थल आसपास यस्ता गतिविधि गर्दा हवाई उडानको सुरक्षामा गम्भीर असर पर्न सक्ने जनाएको हो।

कार्यालयले विमानस्थल आसपासको हवाई आवागमन हुने तथा विमान उडान र अवतरण गर्ने क्षेत्रमा चंगा उडाउने, ड्रोन सञ्चालन गर्ने र बेलुन उडाउनेलगायतका गतिविधि नगर्न तथा नगराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

सूचनाको अवज्ञा गर्दै निषेधित गतिविधि गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने कार्यालयले चेतावनी दिएको छ।

विमानस्थलको उडान सुरक्षालाई प्राथमिकतामा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न र सुरक्षित हवाई आवागमन सुनिश्चित गर्न कार्यालयले सबैलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष