कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार अपराह्न आपसी विवादका क्रममा भएको कुटपिटबाट सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ का रोशन पाख्रिन घाइते भएका थिए ।
कुटपिटबाट बेहोस भएका पाख्रिनलाई उपचारका लागि कलङ्कीस्थित सहिद मेमोरियल अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनामा पक्राउ परेका अन्य दुई जनाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम
-
कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ
-
मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
-
भोटेकोशी बाढी प्रभावितलाई ४५ हजारका दरले राहत वितरण
-
ऊन र नुनको व्यापार हराए पनि रेशमी मार्गको विरासत धान्दै मुस्ताङी च्याङ्ग्रा व्यापार


प्रतिक्रिया