लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
सुनसरी। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित नहर चोक नजिकबाट प्रहरीले लागुऔषधसहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीबाट खटिएको गाडी मोबाइल टोलीले विशेष सूचनाका आधारमा मंगलबार दिउँसो करिब २:३० बजे पुरानो स्टार होटल नजिक पार्किङ गरी राखिएको सेतो–कालो रङको प्रदेश १–०२–०४७ प १४७२ नम्बरको एनएस २०० सीसी पल्सर मोटरसाइकल फेला पारेको थियो।
प्रहरीका अनुसार मोटरसाइकलका चालक भनिएका व्यक्ति नजिकैको भवनभित्र प्रवेश गरी चेन गेट लगाएर बसेका थिए। पटक–पटक बोलाउँदासमेत बाहिर नआएपछि सुरक्षाकर्मीले मोटरसाइकललाई पूर्व–पश्चिम राजमार्गतर्फ ल्याएर जाँच प्रक्रिया अघि बढाएका थिए।
मोटरसाइकल जाँचका क्रममा दिउँसो करिब २:४५ बजे नेपाल प्रहरीको टोलीसमेत घटनास्थलमा पुगेको थियो। सोही क्रममा करिब ५० देखि ५५ जनाको समूह भेला भई सुरक्षाकर्मीको काममा अवरोध पुर्याएको प्रहरीले जनाएको छ। जाँचका क्रममा फेला परेको सामग्री खोस्ने तथा नष्ट गर्ने प्रयास भएको र सुरक्षाकर्मीविरुद्ध नाराबाजीसमेत गरिएको बताइएको छ।
सुरक्षाकर्मीले बरामद सामग्री सुरक्षित राखेर जाँच गर्दा नाइट्राजेपाम ९९ थान, ट्रामाडोल १६० थान र स्पास्मो ३२ थान गरी कुल २९१ थान ट्याब्लेट फेला पारेका थिए।
बरामद लागुऔषध र मोटरसाइकललाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको छ।
घटनास्थलमा सुरक्षाकर्मीको काममा अवरोध पुर्याउने व्यक्तिहरूमाथि पनि सम्बन्धित कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सुनसरी जिल्लामा सुरक्षा निकायले लागुऔषधको अवैध ओसारपसार तथा कारोबार नियन्त्रण गर्न विशेष अपरेसन सञ्चालन गर्दै आएको छ।
जिल्लामा पछिल्लो समय लागू औसध तथा तस्करी नियन्त्रणमा सुरक्षाकर्मीहरू निर्मम ढङ्गले परिचालित हुँदा उनीहरूको मनोबल गिराउन एवं आम जनमानसमा भ्रम पैदा गर्न घटनालाई लिएर अतिरञ्जित रुपमा प्रचारप्रसार गर्ने गरेको समेत पाइएको छ।
ताजा अपडेट
-
लागुऔषध ट्याब्लेटसहित मोटरसाइकल नियन्त्रणमा
-
यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित
-
तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो
-
उपत्यकाका सडकमा सवारी चाप बढ्दै
-
अरूको दसैँ सुरक्षित बनाउँदा आफ्नै परिवारसँग टीका लगाउन नपाउनेहरू


प्रतिक्रिया