NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १० गते

‘नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना’ भन्दै बालेनले दिए एनपीएललाई शुभकामना

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा उल्लेख गरेका छन् । उनले प्रतियोगितामा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई सफलताको शुभकामना दिएका हुन् ।

“नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजना नेपाल प्रिमियर लिग आजदेखि सुरु हुँदैछ । केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ,” उनले लेखेका छन् ।

प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक र क्यानलाई प्रतियोगिता सफल बनाउन शुभकामना दिएका छन् ।

उनले आफ्नो सन्देशको अन्त्यमा “नेपाली क्रिकेट अमर रहोस्” भन्दै नेपाली क्रिकेटप्रतिको समर्थन व्यक्त गरेका छन् ।

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष