आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले घटेर ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।


प्रतिक्रिया