NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २४ गते

चितवनको घोप्टेभीरमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

चितवन। चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा आज बिहान सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।

प्रहरी र सडक डिभिजन कार्यालयको पहलमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको उनले बताए। पहिरो हटाएर सडक खुलाउन एकदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको उनले जानकारी दिए।

ताजा अपडेट

नेपालवाच विशेष