नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी टोपबहादुर रायमाझी रिहा
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका नेकपा एमालेका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्।
६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार उनलाई रिहा गरिएको हो। नेपालको कानुनी व्यवस्थाअनुसार ज्येष्ठ नागरिकलाई कैद सजायमा २५ प्रतिशत छुट दिने प्रावधान छ।
काठमाडौं जिल्ला अदालतले तिहारअघि नै कारागार प्रशासनलाई संशोधित कैदीपुर्जी पठाएको थियो। सोही आधारमा उनलाई रिहा गरिएको कारागार स्रोतले जनाएको छ। रायमाझी २०८० साल वैशाख २० गते पक्राउ परेका थिए। काठमाडौं जिल्ला अदालतले २०८३ साल असार ३० गते उनलाई चार वर्ष कैद सजायको फैसला सुनाएको थियो।


प्रतिक्रिया