NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २८ गते

आज पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– मुलुकमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली हुने भएको छ । तराईका अधिकांश स्थानमा भने मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल तराईका साथै काठमाडौँ उपत्यका र विभिन्न खोँचमा हुस्सु तथा कुहिरो लागेको छ । देशका बाँकी भूभागमा भने मुख्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति पनि हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । हिमाली क्षेत्रका साथै कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

तराई क्षेत्रमा भने आज राति पनि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

ताजा अपडेट

नेपालवाच विशेष