NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २८ गते

देउसीभैलोमा अश्लील नृत्य गरेको आरोपमा तीन युवती पक्राउ

काठमाडौं – रुपन्देही प्रहरीले तिहारको अवसरमा देउसीभैलो कार्यक्रमको नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। नेपाली मौलिक कला, संस्कृति र सामाजिक नैतिकताको प्रतिकूल हुने गरी सार्वजनिक स्थानमा अश्लील नृत्य देखाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ७ स्थित कान्छीबजारबाट वडा प्रहरी कार्यालय भैरहवाको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सल्यानकी २२ वर्षीया पुजा ठकुरी, दाङकी २३ वर्षीया सपना चौधरी र गुल्मीकी २४ वर्षीया बिपना मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले पक्राउ परेका तीनै जनामाथि सार्वजनिक हित र नैतिकता विरुद्धको कसूर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष