छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा
काठमाडौं । सरकारले छठ पर्वको अवसरमा कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा हुने जानकारी गराएको हो।
यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले थप एक दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनामा धार्मिक तथा सांस्कृतिक परम्परालाई मध्यनजर गर्दै कात्तिक ३० गते पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख छ।
यस निर्णयसँगै छठ पर्वका अवसरमा कात्तिक २९ गते आइतबार र ३० गते सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।
ताजा अपडेट
-
छठ पर्वको भोलिपल्ट सोमबार पनि सार्वजनिक बिदा
-
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
-
तिहारपछि सुनको मूल्य तोलामा १२ हजार ६ सय रुपैयाँले घट्यो
-
मरिक समुदायका अगुवा भन्छन् : पुर्ख्यौली सीपले गुजारा चल्दैन’
-
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै


प्रतिक्रिया