NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर २ गते

लुम्बिनी र सुदूरपश्चिमबीच पहिलो क्वालिफायर, फाइनल पुग्ने दाउ

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा मंगलबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल साँझ ५ बजे सुरु हुनेछ।

लिग चरणमा ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी र १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम दुवै टोली आजको खेल जितेर सिधै फाइनलमा स्थान बनाउने लक्ष्यमा छन्।

आजको पहिलो क्वालिफायरको विजेता टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। पराजित हुने टोलीका लागि भने फाइनल पुग्ने अर्को अवसर बाँकी रहनेछ। पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनलमा स्थान बनाउने प्रयास गर्नेछ।