निवर्तमान आईजीपी कार्कीको रिट निरौलासहितको संयुक्त इजलासमा
काठमाडौं। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफूलाई पुनः आईजीपीमा बहाली गर्न माग गर्दै दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा हुने भएको छ।
आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरिएपछि कार्कीले उक्त निर्णय बदर गरी आफूलाई पुनः आईजीपीमा बहाल गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि पनि उक्त रिटमा दुई पटक पेसी तोकिएको थियो। गत मंसिर ७ गते न्यायाधीशद्वय हरि फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा पेसी परेको थियो। तर, कार्कीपछि आईजीपीमा नियुक्त भएका डा. मनोजकुमार केसीले म्याद बुझेको प्रमाण पेस नभएको भन्दै सुनुवाइ हुन सकेन। त्यसपछि मुद्दाको पेसी मंसिर ९ गतेका लागि तोकिएको थियो।
गत कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गर्ने निर्णय गरेको थियो। उनको स्थानमा डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।
यसअघि रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत दिएको थियो।
अब संयुक्त इजलासमा हुने सुनुवाइले कार्कीको पुनर्बहालीसम्बन्धी माग र अन्तरिम आदेशको विषयलाई थप अघि बढाउनेछ।
ताजा अपडेट
-
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
-
सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो
-
त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ महिला सुनसहित पक्राउ
-
निवर्तमान आईजीपी कार्कीको रिट निरौलासहितको संयुक्त इजलासमा
-
लैंगिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

प्रतिक्रिया