त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ महिला सुनसहित पक्राउ
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो ३४८ ग्राम सुनजस्तो देखिने पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्। हङकङबाट क्याथे प्यासिफिकको विमानमार्फत मङ्गलबार राति काठमाडौं आएका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।
विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता ढुण्डीराज नेउपानेका अनुसार पक्राउ परेका महिलाहरूले उक्त पदार्थ मलद्वार र भित्री वस्त्रमा लुकाएर ल्याएका थिए। बरामद गरिएको वस्तुको परीक्षण भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
ताजा अपडेट
-
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
-
सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो
-
त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ महिला सुनसहित पक्राउ
-
निवर्तमान आईजीपी कार्कीको रिट निरौलासहितको संयुक्त इजलासमा
-
लैंगिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

प्रतिक्रिया