सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो
काठमाडौं। नेपाली बजारमा लगातार दुई दिन वृद्धि भएको सुनचाँदीको मूल्य आज भने उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला १०५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ३ हजार १४५ रुपैयाँ थियो।
लगातार दुई दिन बढेको सुनचाँदीको मूल्यमा आज आएको गिरावटसँगै नेपाली बजारमा दुवै धातु सस्तिएका छन्।
ताजा अपडेट
-
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
-
सुनको मूल्य एकैदिन ६ हजार ५०० रुपैयाँले घट्यो
-
त्रिभुवन विमानस्थलबाट दुई चिनियाँ महिला सुनसहित पक्राउ
-
निवर्तमान आईजीपी कार्कीको रिट निरौलासहितको संयुक्त इजलासमा
-
लैंगिक हिंसाविरुद्ध एकजुट हुन मन्त्री बादीको आह्वान

प्रतिक्रिया