NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १० गते

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार

काठमाडौं: नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार उक्त रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले सो मुद्दामा ७ दिनभित्र अन्तिम सुनुवाइ गर्ने गरी मिति तोकेको छ।

कार्कीले प्रहरी नेतृत्वसम्बन्धी विवादमा सर्वोच्चमा रिट दायर गरेका थिए। अदालतको यस आदेशसँगै अबको एक साताभित्र उक्त मुद्दाको अन्तिम निरूपण हुने भएको छ।