ट्राफिक जरिवाना क्युआर कोर्डमार्फत तिर्न सकिने
काठमाडाैं । काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलंघन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो ।
कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गरे ।
उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताए । उनले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गरे ।
कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने


प्रतिक्रिया