NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ मंसिर १२ गते
२०८३ मंसिर १२ गते

नारायणगढ-मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौं: नारायणगढ: मुग्लिङ सडकखण्डको तुईनखोला क्षेत्रमा पहिरो नियन्त्रणको कार्य सुरु गरिने भएको छ। यसका लागि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको छ।

चितवन जिल्ला प्रशासन कार्यालयका अनुसार मंसिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द रहनेछ। तुईनखोला क्षेत्रमा पहिरो रोकथामको कार्य गर्दा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रशासनले यस्तो निर्णय लिएको हो।

सडक बन्द हुने समयमा नारायणगढ-मुग्लिङ सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ। यद्यपि, प्रशासनले काठमाडौं-मुग्लिङ-आँबुखैरेनी हुँदै पोखरा जाने सडकखण्डमा भने सवारी आवागमन नियमित रहने स्पष्ट पारेको छ।

ताजा अपडेट

नेपालवाच विशेष