१४ नयाँ खेलाडी बोलाएर प्रशिक्षण गराउँदै अल्मुताइरी

काठमाडौं । एसियन कप छनोटको क्याम्पमा रहेका १० खेलाडीले विद्रोह गरेको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई टिममा बोलाएका छन् ।
विशाल सुनार, अभिषेक बराल, सेसेहाङ आङदेम्बे, जर्जप्रिन्स कार्की, शिव गुरुङ, आकाश बुढा मगर, सुशील राई, राजन गुरुङ, सन्जोग राईलगायतका खेलाडीलाई बन्द प्रशिक्षमा बोलाइएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार १४ जना नयाँ खेलाडीले प्रशिक्षण थालिसकेका छन् ।
प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बुधबार रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ र सुमन लामाले क्याम्प छोडेका थिए ।
उनीहरूलाई माल्दिभ्समा रहेका कप्तान किरण चेम्जोङले पनि साथ दिएका छन् ।
खेलाडीको एउटै स्वर : गास-बासको सामान्य विषय उठाउँदा प्रशिक्षकले टिमबाटै निकाले
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया