१४ नयाँ खेलाडी बोलाएर प्रशिक्षण गराउँदै अल्मुताइरी
काठमाडौं । एसियन कप छनोटको क्याम्पमा रहेका १० खेलाडीले विद्रोह गरेको नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १४ जना नयाँ खेलाडीलाई टिममा बोलाएका छन् ।
विशाल सुनार, अभिषेक बराल, सेसेहाङ आङदेम्बे, जर्जप्रिन्स कार्की, शिव गुरुङ, आकाश बुढा मगर, सुशील राई, राजन गुरुङ, सन्जोग राईलगायतका खेलाडीलाई बन्द प्रशिक्षमा बोलाइएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतका अनुसार १४ जना नयाँ खेलाडीले प्रशिक्षण थालिसकेका छन् ।
प्रशिक्षक अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै बुधबार रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ र सुमन लामाले क्याम्प छोडेका थिए ।
उनीहरूलाई माल्दिभ्समा रहेका कप्तान किरण चेम्जोङले पनि साथ दिएका छन् ।
खेलाडीको एउटै स्वर : गास-बासको सामान्य विषय उठाउँदा प्रशिक्षकले टिमबाटै निकाले
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया