इंग्लिस फुटबलर ग्रिनउड पक्राउ, प्रेमिका बलात्कार गरेको आरोप
काठमाडौं । प्रेमिकामाथि बलात्कार र कुटपिट गरेको आरोपका इंग्ल्याण्डका फुटबलर पक्राउ परेका छन् । म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रिनउड पक्राउ परेका हुन् ।
ग्रिडउडमाथि प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोप लागेको छ । उनीमाथि आरोप लागेपछि पक्राउ गरी अनुसन्धान थालिएको इंग्ल्याण्ड प्रहरीलाई उदृत गर्दै बेलायती मिडियाले जनाएका छन् ।
प्रेमिका रोब्सनले ग्रिनउडले आफूमाथि आक्रमण गरेको आरोप लगाउँदै सामाजिक सञ्जाल इस्टाग्राममा तस्बिर र भिडियो सार्वजनिक गरेकी थिइन् । जसमध्ये एक तस्बिरमा उनको ओठबाट रगत बगिरहेका देखिन्छ ।
‘ग्रिनउडले ममाथि के गरेको हो भन्ने जान्न चाहनेहरूका लागि’, भन्दै उनले भिडियोको क्याप्सन लेखेकी छिन् ।
यसैलाई अधार बनाएर ग्रिनउडलाई प्रहरीले पक्राउ गरेको हो ।
२० वर्षीय ग्रिनउड युनाइटेडको फुटबल एकेडेमीकै उत्पादन हुन् । उनले २०१८–१९ को सिजनमा सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले युनाइटेडका लागि १२९ खेलमा ३५ गोल गरेका छन् ।
साथै, ग्रिनउडले इंग्ल्याण्डबाट एक खेल खेलेका छन् । केही महिनाअघि इंग्लिस मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राष्ट्रिय टोलीमा बोलाएका थिए । तर, उनी आफैंले आफू कम अनुभवी रहेकाले त्यसका लागि तयार नभएको जवाफ दिएका थिए । आफूले यो निर्णय परिवारसँगको सल्लाहमा लिएकाे उनको भनाइ थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया