बुद्ध जयन्तीमा मोदी नेपाल आउने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल भ्रमणमा आउने भएका छन् । उनी बुद्ध जयन्तीमा नेपाल आउन लागेको भारतीय सञ्चारमाध्यम द हिन्दूले लेखेको छ ।
मोदी सन् २०१९ मा प्रधानमन्त्रीमा पुनः निर्वाचित भएपछि पहिलोपटक नेपाल आउन लागेका हुन् । जेठ २ गते बुद्ध पुर्णिमाका अवसरमा प्रधानमन्त्री मोदी बुद्धको जन्मस्थान लुम्बिनी आउने भएका हुन् । मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पनि लुम्बिनीमा बुद्ध जयन्ती मनाउन सहभागी हुने बताइएको छ ।
द हिन्दूका अनुसार मोदी केही घण्टाका लागि मात्रै नेपाल भ्रमणमा हुनेछन् । सो अवसरमा मोदी र देउवा मायादेवी मन्दिरमा हुने दीप प्रज्वलनमा पनि सहभागी हुने र मोदीले बुद्धको जन्मस्थल मायादेवी मन्दिरमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
मोदी यसअघि सन् २०१४ र सन् २०१८ मा नेपाल आएका थिए ।
प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएको करिब एक महिनापछि भारतीय प्रधानमन्त्री बुद्ध जयन्तीमा नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री देउवाले गत चैत १८ गते तीनदिने भारत भ्रमण गरेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया