राष्ट्रियसभा निर्वाचनमा भएको अन्तर्घातबारे छानबिन गर्ने एमाले बैठकको निर्णय
काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको निर्वाचनका बेला प्रदेश १ मा भएको अन्तर्घातबारे अध्ययन गरी कारबाही गर्ने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय, थापाथलीमा बसेको केन्द्रीय कार्यालयको बैठकले सत्ता गठबन्धनमा रहेका दलहरूबाटसमेत आफ्ना उम्मेदवारलाई मतदान भएको अवस्थामा दलभित्रकै अन्तर्घातले प्रदेश १ मा दुई सिट गुमाउनु परेको निष्कर्ष निकालेको छ ।
बैठकको निर्णयबारे जानकारी दिँदै सचिव पद्मा अर्यालले भनिन्, ‘स्थानीय तहबाट प्रदेश १ मा राष्ट्रियसभा सदस्यका हाम्रा उम्मेदवारलाई मत हालिएको पाइयो । एमालेको लागि यो खुशीको कुरा हो । तर आफ्नै पार्टीका प्रदेश सांसदका कारण दुई सिट गुमाउनु परेको छ । त्यसबारे पार्टीले अध्ययन गरी आवश्यक कारवाही गर्छ ।’
बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा अल्पसंख्यक कोटाबाट एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका थिए । यस्तै महिलातर्फ सुमुत्रा भण्डारी पराजित भएकी थिइन् । अन्यतर्फ गुरु बराल गठबन्धनका उम्मेदवार गोपाल बस्नेतसँग बराबर भए पनि गोलाप्रथाबाट हारेका थिए । दुई उम्मेदवारले समान चार हजार ४८८ मतभार रहेको थियो ।
यस्तै बैठकले स्थानीय तहको निर्वाचन बैशाखमै गराउन पार्टीको तर्फबाट थप दबाब दिने निर्णय भएको अर्यालले जानकारी दिइन् ।
‘सरकार चुनाव नगराउन अझै विभिन्न बाहनाबाजी गर्दैछ’, उनले भनिन्, ‘सरकारले बैशाखभित्र चुनावहुनेगरी अबिलम्ब चुनावको मिति घोषणा गर्न दवाव सिर्जना गर्छौं ।’
यसैगरी देशभर भएको जिल्ला अधिवेशन र स्थगित भएको प्रदेश अधिवेशन सम्बन्धमा समीक्षा भएको अर्यालले बताइन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया